आ.व २०७८–०७९ को उत्कृष्ट निर्यातकर्तामा न्युयोर्क कार्गो पुरस्कृत

ललितपुर चेम्बरले आ.व २०७८–०७९ को उत्कृष्ट निर्यातकर्तामा न्युयोर्क कार्गो घोषणा गर्दे पुरस्कृत भएको जनाइएको छ । उक्त पुरस्कार घोषणा समोरहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूको समुपस्थितमा न्युयोर्क कार्गोका प्रबन्ध निर्देशक जीवन पाण्डेलाई उत्कृष्ट निर्यातकर्ताको पुरस्कार दिएको थियो । न्युयोर्क कार्गोबाट हवाई पारवहन मार्फत प्रमुख रूपमा कार्पेट , गार्मेन्ट, पस्मिना लगायतका निर्यात हुने बस्तुहरू मध्ये उच्च परिमाणमा उनीका वस्तु, फेल्ट, मेटल हयान्डीक्राफट साथै छुर्पी पर्दे आएको कम्पनीका निर्देशक पाण्डेले बताएका छन् । चेम्बरले, न्युयोर्क कार्गोलाई सन २०२१ मा पनि उत्कृष्ट निर्यातकर्ता बाट सम्मानित गरेको थियो ।

न्युयोर्क कार्गो सन २००५ देखि सञ्चालनमा आई हवाई पारवहन मार्फत देशको निर्यात वाणिज्यलाई सहजीकरण गर्दे आएको छ । कम्पनीबाट निर्यात हुने वस्तुहरू हवाई पारवहन मार्फत अमेरिका , युरुपेली राष्टहरु , क्यानडा, जापान लगायत देश पर्दे आएका बताइएको छ । कोरोना महामारी अघि हवाई फ्रेट शुल्क सार्क राष्ट्र मध्ये नेपाल सस्तो पर्दे आएकोमा हाल फ्रेट शुल्क, पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए सँगै ८०० प्रतिसतसम्म शुल्क वृद्धि भएकोले नेपाली निर्यात वस्तुहरूको गनत्वयमा मूल्य प्रतिस्पधीपन घट्दै जाने हुनाले निर्यात वाणिज्यमा असर पर्न गएको छ ।

फ्रेट मूल्यमा वृद्धि भए सँगै निर्यात वाणिज्य सरदर ७० प्रतिसतले घटको छ । तर आकासिएको फ्रेट मूल्यको कारण फ्रेट कम्पनीहरूको कारोबार आकारमा बढेको छ, त्यसतै मुनाफा भने घट्दै गएको छ । निर्यातकर्ताले हिजो अमेरिका पठाउंदा प्रति के.जी सामानको रु.२७० फ्रेट मूल्य भुक्तानी गर्दे आएको त्यस्तो लजेस्टीक मूल्यमा अत्यधिक वृद्धि भई रु.१२००– पर्न गएपछि, नेपालको निर्यात वाणिज्य खुम्चिन पुगेको उनी बताउंछन । फ्रेट कम्पनीहरू बिच व्यवसाय पाउनका लागि दरमा अत्यधिक प्रतीसपर्था गर्दे मुनाफा घट्दै गएको छ । फ्रेट कम्पनीहरूको कारोबार आकार वृद्धि भएपनि विदेशी हवाई जहाज कम्पनीहरूले फ्रेट मूल्यमा वृद्धि गरिएको पछि मुनाफा घटेकोले आन्तरिक राजस्व विभाग अच्चममा पर्ने उनले बताए ।

वाणिज्य मन्त्रालयले फ्रेट र कुरियर व्यवसायहरूको भ्याटको दरमा वा भ्याट फिर्ताको माग सम्बोधन गरिदिनु पर्दछ । त्यस्तै निर्यातकर्ता हकमा विदेशी मुद«ा ल्याई दिए बापतको बिना झन्झट नगद अनुदान सहजै उपलब्ध गराउन सक्छ । विगत चार वर्ष देखि नगद अनुदान रोकिएकोमा सहजीकरण गरिदिई सरकारले निर्यात प्रोत्साहन गरी दायित्व निर्वाह गर्नुपर्ने निर्देशक पाण्डे बताए ।

SORCE:bworldnepal.com

 

By | 2022-09-11T08:29:07+00:00 September 11th, 2022|News Notices|